Home नेपाल तथा विश्व समाचार कांग्रेस पार्टी शुुद्धीकरणका लागि बहस सुरु

कांग्रेस पार्टी शुुद्धीकरणका लागि बहस सुरु

E-mail Print PDF
AddThis Social Bookmark Button

२१ डिसेम्वर २०१७,  नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी शुुद्धीकरणका लागि बहस सुरु गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभामा कांग्रेस कमजोर देखिएपछि कांग्रेसका प्रभावशाली युवा नेताहरू पार्टी शुद्धीकरण अभियानको बहसमा लागेका हुन् ।

बुधबार काठमाडौंको बानेश्वरमा नेताहरू चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, रामहरि खतिवडालगायतले पार्टीलाई जनताले विश्वास गर्ने तहमा लैजान आवश्यक रहेको भन्दै शुद्धीकरण आवश्यक रहेको बताए ।

नेता गगन थापाले आवश्यक परे पार्टीको कारबाही भोगेर पनि कांग्रेसलाई पुनर्जीवन दिन अभियानबाट पछि नहट्ने र पार्टीप्रति जनताको विश्वास कायम गराएरै छाड्ने बताए । उनले जुनसुकै त्याग वा कारबाही भोग्न आफूहरू तयार रहेको भन्दै पदीय जिम्मेवारीभन्दा पार्टीको पुनर्निर्माण ठूलो भएको बताए ।

नेता चन्द्र भण्डारीले पार्टी सुदृढीकरण पहिलो प्राथमिकता रहेको बताए । उनले भने, ‘हामी सबैको एउटै मत छ । हामी पार्टीलाई पुनर्जीवन दिन्छौं ।अर्का नेता धनराज गुरुङले पार्टी सक्षम र सुदृढ बनाउन जनविश्वास आवश्यक रहेको भन्दै आफूहरूले विश्वासको मत जुटाएरै छाड्ने बताए ।

छलफलमा उनीहरूले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले पाएको जनमतको सम्मान गरेर जिम्मेवार भई जनउत्तरदायित्व बहन गर्नेसमेत प्रण गरेका छन् ।

 

Latest News