HongKongNepali.com, The Next Media

Monday
Dec 18th
Home नेपाल तथा विश्व समाचार धरान र इटहरीमा लाफा इन्भेष्टमेन्ट कम्पनीको भेटघाट तथा अन्तरक्रिया

धरान र इटहरीमा लाफा इन्भेष्टमेन्ट कम्पनीको भेटघाट तथा अन्तरक्रिया

E-mail Print PDF
AddThis Social Bookmark Button

रूद्र श्रीसमगर

धरान, १५ मंसिर

आर्थिक समृद्धिका लागि नेपालीहरूलाई स्वदेशमै लगानी गर्न प्रोत्साहन गरिरहेको लाफा इन्भेष्टमेन्ट लिमिटेडले पछिल्लो पटक प्रदेश नम्बर एकको सुनसरीका दुई महŒवपूर्ण सहरहरू धरान र इटहरीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

 

अन्तरक्रिया कार्यक्रममा लाफा कम्पनीको अवधारणाका बारेमा कम्पनीका सञ्चालक समिति सदस्य ज्ञानेन्द्र पुनमगरले प्रस्तुती राख्नुभएको थियो । सो अवसरमा उहाँले कम्पनीमार्फत् लगानीका लागि विभिन्न आधारहरू प्रस्तुत गर्दै विदेशमा कमाएको ज्ञान र सीपलाई समेत स्वदेशमै लगाउनुपर्नेमा जोड दिनुभयो ।

कम्पनीकी अध्यक्ष चन्द्रज्योति आलेमगरले सो अवसरमा मगर जातिलाई उद्यमशील र व्यवसायिक बनाउन सामूहिक लगानीको अवधारणा बमोजिम काम सुरु गरिएको जनाउँदै सामूहिक लगानी गरी आर्थिक समृद्धि प्राप्त गर्न सकिने विश्वास दिलाउनुभयो । इमान्दारिता नै विश्वासको मूल आधार रहेको बताउँदै उहाँले विदेशमा कमाएको पैसाको सही सदुपयोगका लागि सामूहिक लगानीमार्फत् मुनाफा आर्जन गर्न पब्लिक कम्पनीका रुपमा लाफा कम्पनीको स्थापना गरिएको बताउनुभयो ।

त्यस्तै, चार्टर्ड एकाउन्टेन्ट (सीए) जनक थापामगरले कम्पनीले आफ्नो हरहिसाबलाई चुस्त दुरुस्त र पारदर्शी ढंगले राख्ने गरेको जनाउँदै नेपाल सरकारमा आधिकारिक रुपमा दर्ता भएको पब्लिक कम्पनी भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । आर्थिक समृद्धिका लागि सामूहिक लगानी नै अहिलेको अवस्थामा एक मात्र विकल्प भएको बताउँदै थापामगरले सुरक्षित लगानीका लागि लाफा कम्पनी एउटा राम्रो माध्यम बन्न सक्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागी विभिन्न सामाजिक अगुवा एवं व्यवसायीहरूले कम्पनीको अवधारणाबारे विभिन्न जिज्ञासा राखेका थिए । उनीहरूले लाफा कम्पनीको शेयर सदस्य बनेर सामूहिक आर्थिक अभियानमा आबद्ध हुने प्रतिबद्धता पनि जनाएका छन् । लाफा कम्पनीले हालसम्म नेपालका पोखरा, बेनी र सुर्खेतमा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ भने विदेशमा पहिलो पटक कतारमा समेत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News