HongKongNepali.com, The Next Media

Monday
Dec 18th
Home नेपाल तथा विश्व समाचार गीतकार भावेश भुमरीको पाइला म्युजिक भिडियो निर्देशन तर्फ लम्कदै

गीतकार भावेश भुमरीको पाइला म्युजिक भिडियो निर्देशन तर्फ लम्कदै

E-mail Print PDF
AddThis Social Bookmark Button

काठमाडौँ

गीतकार भावेश भुमरी यस वर्षदेखि म्युजिक भिडियो निर्देशनतिर पनि लागेका छन् । यसको पछिल्लो उदाहरण होे मिर्मिरेमा गीतको भिडियो निर्देशन ।

विगत साढे दुई दशकभन्दा पहिलेदेखि नेपाली गीत लेखनमा लागेका र आफ्नो छुट्टै अनि स्पष्ट पहिचान बनाएका गीतकार भावेश भुमरीले  जीतकर्ण राईको रचना, दिनेश सुब्बाको सङ्गीत, चाँद सिंहको सङ्गीत संयोजन र उदय सोताङको स्वरमा रहेको अत्यन्त मार्मिक मिर्मिरेमा बोलको अडियो गीतलाई म्युजिक भिडियो बनाउने कार्यमा निर्देशनको जिम्मेवारी वहन गरेका छन् । यस गीतको भिडियोमा कलाकारहरू सनम कठायत र रिजा भुसालको भूमिका रहेको छ भने क्यामेरा उत्सव दाहालले चलाएका छन् । पहिले गीत लेख्दै, रेकर्ड गर्दै र एल्बम निकाल्दै आएका भुमरी आफ्नै गीतहरूको बजार व्यवस्थापनका लागि सुरप्रभा गीत सङ्गीत प्रा. लि. म्युजिक कम्पनी, गीत रेकर्डिङका लागि ह्वाइट साउन्ड स्टुडियो र युटुव भिडियोका लागि सुरप्रभा गीत सङ्गीत प्रा. लि.च्यानल सञ्चालन गर्नसम्म आइपुगेका छन् ।

 

नेपाली गीतसङ्गीतका क्षेत्रमा एउटा गीतकारले लिएको फराकिलो आयतनमा भुमरी निर्देशनतिर लाग्नुलाई सबैले रुचिका साथ हेरेका छन् । आफ्नो निर्देशनका बारेमा भुमरी पारदर्शी रुपले काम गर्ने र आफ्नो काममा कहीँ कतै कसर नरहोस् भनी मेहनतका साथ लागिरहने कुरा बताउँछन् । एउटा गीतकारले गीतको भिडियो निर्देशन गर्नुमा कथा र विषयवस्तुले सबल जीवन पाउने कुरामा भुमरी बढी जोड दिन्छन् । आफ्नो अत्यन्त मिलनसार गीतकार जीतकर्ण राईको रचनाको यस गीतमा प्रसिद्ध सङ्गीतकार दिनेश सुब्बाको सङ्गीत र गायक उदय सोताङको स्वर भएकाले आफूलाई काम गर्न बढी जिम्मेवारी भएको कुरा पनि भुमरीले बताएका छन् ।

मिर्मिरेमा---- गीतमा आफ्नो भूमिका निर्वाह गरेका मोडल सनमले निर्देशक भुमरीसँग काम गर्दाको मज्जा अलि फरक भएको कुरा राखेका छन् भने म्युजिक भिडियो पूर्णत स्तरीय र जीवन्त हुने काम भएको कुरा राखेका छन् । यस गीतको भिडियो चाँडै नै युटुवमा आउँदै छ ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News