HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home नेपाल तथा विश्व समाचार लाङ्घाली परिवार यू. एस्. ए. को पाचौँ वर्सिक उत्सव सम्पन्न

लाङ्घाली परिवार यू. एस्. ए. को पाचौँ वर्सिक उत्सव सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

लब कुमार बुढामगर

न्यूयोर्क, अप्रिल १५, लाङ्घाली परिवार यू. एस्. ए. ले आफ्नो पाचौँ वार्षिक उत्सव न्यूजर्जी राज्यको सुन्दर र शान्त Egg Habor Township मा अप्रिल ५ मा भब्य रूपमा मनायो ।

'कोही हामी पूर्वबाट कोही पश्चिमबाट, एक भै अघि बढ्नु छ आज' भन्ने बोलको कौदा भाकाको सामुहिक गीतबाट शुरु भएको बिबिध साँस्कृतिक तथा दोहोरी कार्यक्रममा मन्जु पुन मगरले जोडी भालेसा (मगर भाषामा), राजेश थापामगरले सुन छहारी सुनैको खानीमा , कुमार थापामगरले दोबाटोमा छुटेपनी भेट हाम्रो भैरहोस् , अरुण रोकामगरले एती राम्री केटीलाई अघि नलाई जान्न, केशब थापामगरले जोमसोमै बजारमा, डम्बर कार्कीले यो बाटो कँहा जाने होला एकल गीत प्रस्तुत गरेका थिए भने राजेश थापामगर, शेर बहादुर थापामगर, राम तिलिजामगर, मन्जु पुनमगर र रीता तिलिजामगरले दुई चरन मा प्रतक्ष दोहोरी गाएर सबैलाई हाँसाएका र नचाएका थिए ।

त्यस्तै इन्दु तिलिजामगर, इन्जु तिलिजामगर, उशा पुर्जा मगरले लाली गुराँस बनै भरी चुल्थो सजाउँछु र तुङ्ना र दम्फु बजाउदै, प्रिया्न्का थापामगरले मलाई मायाले सतायो लौ, बिन्दु थापामगरले रेली खोला बगर काफल पाक्यो लहर, मन्जु पुन मगर र निर्त्य निर्देशक राज कुमार पुन् मगरले मीठो फुल्को मिठैछ छ बासना पहिलो भेट्मा मुसुक्कै हाँसन गीत् मा रोचक निर्त्य प्रस्तुत गरेका थिए भने मिलन थापामगरले प्रदेश नामक कबिता बाचन गरेका थिए ।

लाईभ संगीतका लागि की बोर्डमा बिष्णु पुन मगर, गीतार् मा अरुण रोकमगर र हिरा शम्सेर मल्ल, मादलमा सचिन तिलिजमगर र खोम बहादुर थापामगर हुनुहुन्थ्यो जस्को संयोजन संगीतकार बिष्णु पुन मगरले गरेका थिए भने ध्वनि संयोजन DJ दिनेश गुरुङ् र Videography मोक्तान डिजिटल भिडियोका Director शम्भु मोक्तान् र Photography को काम http://www.dhanphotos.com का धन थापा मगरले गरेका थिए ।

कार्यक्रममा http://www.usnepalonline.com लाई अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई स्वच्छ र निस्पक्ष समाचारहरु प्रकाशन गरी अमूल्य योगदान पुर्याएकोमा संस्थाले सम्मान गरेको थियो । US Nepal Media Center को तर्फबाट अध्यक्ष श्री पासाङ् दोर्ची शेर्पाले प्रसंशा पत्र  र फूलको गुच्छा स्वीकार्नु भएको थियो ।

बिभिन्न राज्यहरुबाट आएका झन्डै २५० जना मगरहरु र अन्य शुभचिन्तकहरुको उपस्थित रहेको यस् पाचौँ वार्षिक उत्सवको प्रमुख आतिथ्य नेपाल जनजाति महासंघ अमेरिकाका महासचिब श्री अर्जुन गुरुङ्ले, सभापतित्व संस्थाका अध्यक्ष श्री महेन्द्र कुमार थापामगरले, औपचारिक कार्यक्रम सहासचिव मान बहादुर रानामगर र साँस्कृतिक कार्यक्रमको सन्चालन रोचक ढंगले गायक तथा दोश्रो उपध्याक्ष राजेश थापामगरले गरेका थिए ।

(बुढामगर लाङ्घाली परिवार यू. एस्. ए. का महासचिव हुन्)

 
Comments (2)
congrats to all americans langhalis!!!!!!!
1 Friday, 17 April 2009 16:27
prashant rana magar HK
It is good start of magars of the USA. All magars n magarni pls let's not forget our culture, tradition, language wherever we live on the globe. Best of luck to all.
congrats ,, ani jhorlan magar daju bhai tatha dee baini haru lai
2 Wednesday, 12 August 2009 13:58
markhun gharti magar
usa ko magar dajubhai dee baini haru hajur haru le je jati garnu bhako chha, hami uk bashi magar sabai ko taaraf dekhi shubhkamana, ani uttarottar paragati maile rajesh dai ko dohoree here amrerican keti sanga ko YOUTUBE ma jun chahi magar karyekram ma hola sayed, which is fantastic live porformence, u r really talented mizza, hats off 2 u big bro, u r simply the great, and u r working really well as a one of the respective man in an respective position for the magar world of usa and rest af all...thanx rajesh dada, keep it up and don't let it down,,,,,, don't let it down convey my best regards to all the magar members in USA. bhai markhun magar(Mm)

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)