HongKongNepali.com, The Next Media

Thursday
Apr 24th
Home नेपाल तथा विश्व समाचार विद्यालयमा भर्ना गराउन निःशुल्क कापीकलम

विद्यालयमा भर्ना गराउन निःशुल्क कापीकलम

E-mail Print PDF
AddThis Social Bookmark Button

देविका घर्ती मगर

दाङ, ३१ वैशाख । ‘विद्यालयमा नयाँ भर्ना हुने विद्यार्थीलाई निःशुल्क कापिकलम बितरण गरिन्छ’ भन्ने सुन्दा जोकोहीलाई झट्ट बिश्वास नलाग्न सक्छ, तर जिल्लाको एक विद्यालयले विद्यालयमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई निःशुल्क कापिकलम बितरण गर्नेे गरेको छ । काभ्रे गाविस–४ गहतेरा स्थित सुर्योदय प्राथमिक विद्यालयले यसै शैक्षिक शत्रदेखि नयाँ भर्ना हुन आउने विद्यार्थीलाई निःशुल्क कापिकलम वितरण गर्ने गरेको छ । विद्यालयका प्रधानाध्यापक गोपाल खड्काका अनुसार विद्यालयमा विद्यार्थी संख्या बढाउनका लागि यस्तो अभियान थालिएको हो । विद्यार्थी संख्या घट्न थालेपछि  विद्यार्थी संख्यामा बृद्धि गर्न निःशुल्क कापिकलम वितरण गर्ने अभियान थालिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मरबहादुर डाँगीले वैशाख २७ गते सम्पन्न समितिको निर्णयानुसार यस्तो अभियान थालिएको बताउनुभयो । 

 

धेरैभन्दा धेरै विद्यार्थी भर्ना गराउनका लागि विद्यालयले भर्ना अभियानै सञ्चालन गरेको छ । यही बैशाख २८ गतेदेखि शुरु भएको भर्ना अभियानअन्तर्गत घरघरमा पुगेर विद्यार्थी अभिभावकलाई कन्भेन्स गरिएको बताइएको छ । यसक्रममा विद्यालय व्यवस्थापन समितिको अगुवाइमा बाल ¥यालीसमेत  गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक खड्काका अनुसार १ सय ५० बढी विद्यार्थी, ५० बढी अभिभावक र शिक्षकशिक्षिका सम्मिलित ¥यालीले भर्ना अभियानको औचित्यका बारेमा सचेतना फैलाएको थियो ।

यता विद्यालयले यस्तो अभियान थालेपछि अभिभावकहरु थप उत्साहित बनेको बताउँछन् । ‘गाउँका सम्पूर्ण बालबालिकालाई विद्यालय पठाऔं, विद्यालय भर्ना अभियन सफल पारौँ ।’ लगायतका नारा लगाउँदै विद्यार्थी स्वयं भर्ना अभियानमा हिडेपछि आफूहरु पनि भर्ना अभियान सफल पार्न लागिपरेको अभिभावकहरु बताउँछन् । गत शैक्षिक सत्रमा जम्मा १ सय ५६ जना विद्यार्थी भएको विद्यालयमा यसप्रकारको भर्ना अभियान थालिएपछि हालसम्म १ सय ८० जना पुगिसकेको विद्यायलले जनाएको छ ।  प्रधानाध्यापक खड्काका अनुसार अभियान थालिएको ३ दिनभित्रै विद्यालमा २४ जना नयाँ विद्यार्थी भर्ना  भइसकेका छन् । पाँचजना शिक्षक शिक्षिक कार्यरत विद्यालयले बढिभन्दा बढी विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको जनाएको छ ।

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)