HongKongNepali.com, The Next Media

Friday
Aug 22nd
Home नेपाल तथा विश्व समाचार पत्रकार माथि दुव्र्यवहारको सर्वत्र निन्दा

पत्रकार माथि दुव्र्यवहारको सर्वत्र निन्दा

E-mail Print PDF
AddThis Social Bookmark Button

बुटवल,२९ बैसाख  ।  बन्दका क्रममा पत्रिकाहरुमाथि अवरोध र पत्रकारहरुमाथि हातपात भएका घटनाहरुप्रति पत्रकार महासंघ रुपन्देही सहित  विभिन्न संघसंस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्  ।

शुक्रबार बुटवलमा राजधानी दैनिकको गाडीमा भएको हस्तक्षेप र सो क्रममा पत्रकार  दिनेश पाण्डेमाथि भएको हातपातप्रति महासंघले निन्दा गरेको छ ।महासंघ रुपन्देहीका सचिब यानेन्द्र जिसीद्धारा जारी बिज्ञप्तिमा घटनाप्रति निन्दा गरिएको छ । संयुक्त संघर्ष समितिले बन्द आब्हान गरिरहेका बेला शुक्रबार बिहान राजधानी दैनिक र दैनिक पत्र बितरणका लागि बोकेको राजधानी दैनिकको गाडीलाई बुटवलको राजमार्ग चौराहामा बन्दकर्तामध्येका केही युवाहरुले तोडफोडको दुष्प्रयास गरेका थिए भने तोडफोड नगर्न आग्रह गर्दा महासंघका सदस्य तथा लुम्बिनी टेलिभिजनका स्टेशन प्रमुख पाण्डेमाथि उल्टै उनीहरुले हातपात गरेका थिए । त्यस्तै पत्रिकाका बितरण प्रमुख खेम पाठक र गाडीका चालक ईश्वर गुरुंगलाई समेत उनीहरुले दुब्र्यबहार गरेका थिए ।

घटना लगत्तै महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवाली,सचिब यानेन्द्र जिसी लगायतको नेतृत्वमा भएको बार्तामा सो घटनाबारे बन्द आयोजकका तर्फबाट क्षमायाचना गर्दै बन्दलाई मर्यादित,संयमित बनाउने र आईन्दा प्रेसमाथि कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता ब्यक्त भएको थियो । त्यस्तै हस्तक्षेप र हातपात गर्ने युवाहरुलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पनि उनीहरुले ब्यक्त गरेकाथिए । सोही बेला हस्तक्षेप गर्ने मध्येका एक युवा टिकाराम खनालले क्षमा याचना गरेका थिए । शुक्रबार नै अन्य केही सञ्चारकर्मीहरुलाई पनि बन्दका नाममा केही उत्श्रृंखल

ब्यक्तिले दुब्र्यबहार गरेकाथिए । त्यसअघि बिहीबार नागरिक दैनिक जलाएको लगायतका घटनाहरुबारे पनि महासंघले गम्भीर आपत्ति जनाएको छ ।  स्वतन्त्र प्रेसमाथि बन्दका नाममा कसैले पनि हस्तक्षेप तथा आक्रमण नगर्न र त्यस्तो कार्यनरोकिए परिणाम घातक हुने चेतावनी महासंघले दिएको छ । यसैबिच बन्द, आन्दोलन लगायतका बेला कतिपय गैर पत्रकारहरुले पनि साधनहरुमा प्रेस लेखेर हिंडेको र प्रेसको दुरुपयोग गरेको पाइएकोले त्यस्तो कार्य तत्काल रोक्न

महासंघले चेतावनी दिएको छ । गैरपत्रकारले प्रेसको दुरुपयोग गरेको पाइएमा त्यस्ता ब्यक्तिहरुलाई कानूनी कार्वाही गर्न महासंघ बाध्य हुने पनि बिज्ञप्तिमा जनाइएको छ ।त्यस्तै बन्द,हड्ताल लगायतका असहज अबस्थामा स्पष्ट पहिचानका साथ हिड्न पनि सञ्चारकर्मी तथा सञ्चार सरोकारवालाहरुलाई बिज्ञप्तिमा भनिएको छ ।पत्रकारलाई दुव्र्यबहार भएको प्रति प्रेस चौतारीका प्रदीप आचार्य, प्रेस युनियनका भवानी पाण्डे,  क्रान्तिकारी पत्रकार संघका टी.आर. शर्मा, समाजिक जागरण तथा विकास मञ्च (फोसाड)का पुरुषोत्तम घिमिरे, अनौपचारिक

क्षेत्र सेवा केन्द्र (इन्सेक) का अमृत गिरी,मानवअधिकार तथा शान्ति समाजका गोविन्द खनाल , जवाफदेहिता निगरानी समिति रुपन्देहीका संयोजक अधिबक्ता शिव गौडेललगायतले विज्ञप्ति जारी गरी विरोध गर्नुका साथै स्वतन्त्र प्रेसको सम्मान गर्न आग्रह गरेका छन् । पत्रकारको परिचयपत्र देखाउंदा पनि बन्दकर्ताले अभद्र व्यवहार र लछारपछार गरेकोपीडितले बताएका छन् । जस्तो सुकै अवस्थामा पनि पत्रकारहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिन र नागरिकको सूचित हुने हकको सम्मान गर्न बन्दकर्तालाई सबै सरोकारवाला संघसंस्थाले आग्रह गरेका छन् ।

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)