HongKongNepali.com, The Next Media

Saturday
Aug 23rd
Home नेपाल तथा विश्व समाचार बन्दको पुर्वसन्ध्यामा मसालजुलुस

बन्दको पुर्वसन्ध्यामा मसालजुलुस

E-mail Print PDF
AddThis Social Bookmark Button

देविका घर्ती मगर

दाङ, २७ बैशाख । राष्ट्रिय अखण्डता र जातीय सद्भावका निमित्त संयुक्त संघर्ष समिति दाङले शुक्रबार २८ गते र शनिबार २९ गतेका लागि आयोजना गरेको दुइदिने नेपाल बन्दको पुर्वसन्ध्यामा आज बुधवार दाङको घोराहिमा मसाल जुलुस निकालेको छ । संयुक्त सङघर्ष समितिमा क्षेत्री समाज नेपाल, नेपाल ब्राह्मण समाज, ठकुरी कल्याण समाज, राप्ती मुस्लिम समाज, नेपाल दशनामी समाज, नाथ बरपन्थी समाज सम्मिलित छन् । घोराहिको ट्राफीक चोकबाट शुरु भएको मसाल जुलुस तुलसिपुर चोकमा पुगि कोणसभामा परीणत भएको थियो । 

कोणसभामा बोल्ने बत्ताहरुले जातियरुपमा सङघि राज्य बनाएमा देश टुक्रने बताएका थिए । कोणसभामा संयुक्त सङघर्ष समितिका बरीष्ठ उपाध्यक्ष नवराज सुवेदि, राप्ती मुस्लिम समाजका अध्यक्ष अम्जद अलि सिद्धिकि, ठकुरी समाज दाङका प्रे्रम शाह, शंकर केसि लगाएतकाले बोल्नु भएको थियो । समितिले बिहान ५ वजेदेखि बेलुकि ५ वजेसम्मका लागि बन्द कार्यक्रम  गरेकोे जनाएको छ । जातीय राज्यको बिरोध तथा आफूहरुलाई पनि पहिचान र अधिकारसहितको आदिवासी जनजातिमा सुचिकृत गरिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेको समितिले बन्द अवधिभर प्रेस, एम्बुलेन्स, दमकल, शववाहन, फोहोर बोक्ने गाडी, दूध बोक्ने गाडी, विरामी बोकेको गाडी र स्थानीय मानवअधिकारकर्मीको गाडीलाई भने चल्न दिईने जानकारी दिएको छ । बन्द अवधिभर बिदेशी कुटनीतिक नियोगका गाडीलाई भने रोक लगाउने समितिका वरिष्ठ उपाध्यक्ष नवराज सुवेदीले जानकारी दिनु भयो ।

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)