HongKongNepali.com, The Next Media

Thursday
Apr 24th
Home नेपाल तथा विश्व समाचार अनुमति नलिएका संस्थागत विद्यालय कारबाहीको दायरामा

अनुमति नलिएका संस्थागत विद्यालय कारबाहीको दायरामा

E-mail Print PDF
AddThis Social Bookmark Button

देविका घर्ती मगर

दाङ, २७ बैशाख । जिल्ला शिक्षा कार्यालय दाङले अनुमति विना सञ्चालनमा रहेका तथा तल्लो तहको अनुमति लिएर माथिल्लो तह सम्म कक्षा सञ्चालन गरेका संस्थागत विद्यालयहरुलाई कारबाहीको दायरामा ल्याउने अभियान थालेको छ । जिल्लाभर ३ दर्जन वढी संस्थागत विद्यालय अनुमति नै नलिई सञ्चालन भएको तथा ५ दर्जन वढी संस्थागत विद्यालयले तल्लो तहको अनुमति लिएर माथिल्लो तहको कक्षा सञ्चालन गरेको पाइएपछि त्यस्ता विद्यालयलाई कारबाहीको दायरामा ल्याउन थालिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । पहिलो चरणमा पत्राचार तथा सार्वजनिक सूचना मार्फत बन्द गर्न अनुरोध गर्दा समेत अटेर गरेपछि कार्यालयले अनुगमन नै थालेर अनुमति नलिई सञ्चालनमा रहेका विद्यालय तथा कक्षा बन्द गराउने अभियान थालेको हो । 

विद्यालय निरिक्षक विनोद गौतम तथा योजना अधिकृत ओम प्रकाश न्यौपाने तथा अन्य विद्यालय निरिक्षक सहित अनुगमनमा निस्केको टोलीले अनुमति नलिई ७ कक्षा सम्म सञ्चालन गरेको पहिले विनीत र अहिले मोर्डन टेक्नोलोजी नामको इङलिस बोर्डिङ तथा ५ कक्षा सम्म सञ्चालन गरेको सिस्टरहोम बोर्डिङ स्कुल कचिला २ लाई बन्द गर्न निर्देशन दिएको छ । यसैगरी अनुगमन टोलीले २ कक्षासम्म मात्र अनुमति लिएर ७ कक्षा सम्म सञ्चालन गरेको नेसनल गोल्डेन गेट हरीपौरालाई ३ देखि ७ कक्षा सम्म बन्द गर्न निर्देशन दिएको छ । यसैगरी ५ कक्षा सम्मको अनुमति लिएर ८ कक्षा सम्म सञ्चालन गरेका शारदा सिस्ने बोर्डिङ स्कुललाई ६ देखि ८ कक्षा बन्द गर्न ८ कक्षा सम्म मात्र अनुमति लिएर १० कक्षा सम्म सञ्चालन गरेको दंगीशरुण विद्याकुञ्जलाई ९ र १० कक्षा बन्द गर्न ५ कक्षा सम्म मात्र अनुमति लिई ६ कक्षा सम्म सञ्चालन गरेको गोल्डन स्टार बेलगनारलाई ६ कक्षा बन्द गर्न निर्देशन दिएको छ । अनुगमन टोलीले शारदा सिस्ने बोर्डिङ तुलसीपुर र गोल्डन स्टार बेलटाकुराको भौतिक पुर्वाधारको अवस्था असाध्यै कमजोर तथा विद्यार्थीलाई पढाउन नमिल्ने खालको भएको पाएपछि बैकिल्पीक व्यबस्थ ागर्न समेत आग्रह गरेको छ । अनुगमनका क्रममा शारदा सिस्ने बोर्डिङको नर्सरी कक्षामा भेन्टिूलेशनको अभावमा विद्यार्थीहरु असीन पसिन गर्दै पढ्नु परिरहेको तथा एउटै कक्षाको भित्तालाई बोर्ड बनाएर दुई मेडमले दुई तिर फर्केर पढाईरहेको अवस्था पाइएको छ । यस्तै सोही विद्यालयको कक्षा छ सागुरो बरण्डामा दुइबटा बेञ्च राखेर सञ्चालन गरेको पाइएको छ । अनुगमन टोलीले विद्यालयलाई यसरी शिक्षण संस्थाको बेइज्यत हुन खालको भौतिक अवस्थामा सुधार गर्न समेत निर्देशन दिएको छ । जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले यसरी अनुमति नै नदिई सञ्चालनमा रहेका विद्यालय बन्द गराउन तथा उनीहरुलाई कानुनको दायरामा ल्याउने अभियानमा सहयोग गर्न पत्रकार नागरिक समाज तथा अविभावक सबैलाई आग्रह गर्नुभएको छ । कार्यालयले अविभावकहरुलाई संस्थागत विद्यालयमा भर्ना गर्नु अघि विद्यालयले कति कक्षा सम्म अनुमति लिएको छ भन्ने निक्र्यौल गरेर मात्र भर्ना गर्न समेत अनुरोध गरेको छ ।

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)