HongKongNepali.com, The Next Media

Wednesday
Oct 01st
Home नेपाल तथा विश्व समाचार मगराँत्त स्वायक्त राज्यको माग गर्दे पाल्पामा दवाबमुलक र्याली हुँदा ब्रामण समाज पाल्पाको अवरोध

मगराँत्त स्वायक्त राज्यको माग गर्दे पाल्पामा दवाबमुलक र्याली हुँदा ब्रामण समाज पाल्पाको अवरोध

E-mail Print PDF
AddThis Social Bookmark Button

 

हरि बहादुर सारुमगर

पाल्पा बैशाख २६

पाल्पालाई मगरात स्वायक्त प्रदेशको घोषणा गरी त्यसको राजधानी पाल्पामै हुनुपर्ने पाल्पामा आयोजित कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । मगराँत नामाकरण  ऐतिहाशिक पहिचान भएकाले मगर प्रदेश मगरको मात्रै नभई सबै जातिको भएको उनीहरुले बताएका छन् । मगराँत्त स्वायत्त प्रदेशको माग गर्दे पाल्पामा बृहत दबाबमुलक र्याली पछि आयोजित कार्यक्रममा उनीहरुले यो माग राखेका हुन ।  नेपाल मगर संघ पाल्पाको आयोजनामा भएको दबाब मुलक र्यालीले तानसेन बजारको परिक्रममा गरी शित्तलपार्टीमा पुगेर कोण सभामा परिणत भएको थियो । पाल्पालाई मगराँत स्वायक्त प्रदेश घोषणा गर पाल्पालाई संघियराज्यको राजधानी बनाउ लगाएतका प्लेकार्ड बोकेर मगर सस्कृति झल्कने पोशाक सहित सयौ मगर तथा गैरमगरहरुको कार्यक्रममा सहभागिता रहेको थियो । हरेक सरकारी निकायमा जातिय आधारमा समानुपातिक प्रतिनिधित्वको अधिकार सुनिश्चित गर्न उनीहरुले माग गरेका छन् । पाल्पा लगाएतका जिल्ला क्षेत्रगाँउ टोलको समेत मगरभाषामा नामाकरण भएपनि त्याहा बस्ने सबै जातिलेआफ्नो स्थानको गौरब गरेको बताउदै उनीहरुले मगरात हुदैमा अरु जातिलाई कुनै असर नपर्ने बताएका छन् । कार्यक्रमलाई संबोधन गर्दे नेपाल मगरसंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीले मगराँत स्वायत प्रदेशमा मगरको मात्रै रजाई हुने भ्रम फैलाएर ऐतिहासिक पहिचानलाई नामेट गर्ने चलखेल भैरहेको बताउनुभयो । मगर तथा आदिबासि जनजातिहरुको धर्म भाषा सस्कृति र पहिचानलाई आक्रमण गर्दे हिजोको राज्य सक्ताले एकात्मक राज्य प्रणाली लादेको हुनाले मगरहरु पछि उहाँको भनाई थियो  कार्यक्रममा मगरसंघ पाल्पाका सल्लाहकारहरु डोलख रास्कोटी अजय कर्माचार्य केहरसिह  राना ओम बहादुर घर्ती लगाएतले एक भाषा एक धर्म जबरजस्ती लागु गरेर हिजोको राज्यसतले आदिबासी जनजातिको पहिचान खोसेको आरोप लगाएका थिए

यसै बिच नेपाल मगरसंघ पाल्पालॆ मगराँत स्वायत प्रदेश स्थापनाको माग गर्दे तानसेनमा आयोजना गरेको कायक्रमलाई बिथोल्ने गरी ब्रामण समाज पाल्पाका कार्यकर्ताहरुले माईकिँङ्ग र पर्चाबितरण गरेकोमा आपत्ति जनाएको छ । संघको  कार्यक्रम संचालन भैरहेको अबस्थामा जातिय सद्भाब भड्काउने उदेश्यले भएको गलत कृयाकलापको अन्त्य र आगामी दिनमा यस्ता कृयाकलाप नदोहोरिन माग गर्दे मगर संघ पाल्पाले प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरेलाई भेटेर जानकारी गराए पछि ब्रामण समाज पाल्पाका अध्यक्ष नेत्रप्रसाद न्यौपाने लगायतका नेताहरुले प्रशासन कार्यालयमा गल्ती स्वीकार गरी माफी मागेका थिए । बजार परिक्रममा पछि तानसेनको सितलपार्टीमा परिणत भएको कोणसभामा कार्यक्रमका प्रमुख अतिथि बोल्दै गर्दा कार्यक्रम स्थलमै चर्को आवाज सहित माईिकंग गर्दे पर्चाबितरण गरेकोमा मगर संघ पाल्पाले आपती जनाएको हो । आफ्नो कार्यक्रम भाड्ने कोषिस गरिएको भन्दै मगरसंघ पाल्पाले बिज्ञप्ती निकालेर बिरोध जनाएको हो । बिज्ञप्तीमा कार्यक्रम संचालनमा सुरक्षा दिन नसक्ने प्रहरीको समेत आलोचना गरिएको छ ।

 

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)