HongKongNepali.com, The Next Media

Friday
Jul 25th
Home नेपाल तथा विश्व समाचार एकात्मकसत्ता केन्द्र काठमाडौंवरिपरि संघीय-लिम्बुवान मार्चपास हुँदै

एकात्मकसत्ता केन्द्र काठमाडौंवरिपरि संघीय-लिम्बुवान मार्चपास हुँदै

E-mail Print PDF
AddThis Social Bookmark Button

लिम्बुवान-काठमाडौ, नेवाः २३ बैशाख २०६९

 

''संघीयता र जातीय(राष्ट्रिय) पहिचानसहितका लिम्बुवान लगायतका राज्यहरू को संवैधानिक सुनिश्चितताका लागि संघीय-लिम्बुवान आन्दोलनले एकात्मकसत्ता केन्द्र काठमाडौंलाई घेरावन्दी गरौं'' भन्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले उपत्यका समिति काठमाडौंको आयोजनामा आज २०६९ बैशाख २३ गते काठमडौंको रिङरोडवरिपरि हजारौं संघीयवादी-लिम्बुवानलगायतका राज्यहरू चाहने जनमासले संघीय-लिम्बुवान मार्चपास गरिरहेका छन् ।

काठमाडौंको चक्रपथ-रिङरोड वरिपरि २७ कि.मि. लिम्बुवानको झण्डा, व्यानर र विभिन्न मागहरू उल्लेखित प्लेकार्डहरू बोकेर संघीयता र लिम्बुवान लगायतका पहिचानसहितका राज्यहरूको नारा लगाउँदै पैदल हिँडेर सम्पन्न हुने यो मार्चपास बैशाख २३ गते बिहान ८ बजेदेखि सातदोबाटो चोक ललितपुरबाट सुर्रुभई बल्खु, कलङ्की, स्वयम्भू, गोङगबू, चक्रपथ, चावहिल र कोटेश्वहुँदै बेलुकी ३ बजे उही सातदोबाटो चोकमै पुगेर मार्चपाससभा गरी सम्पन्न हुने कार्यक्रम रहेको छ । सो मार्चपास सभालाई लिम्बुवानका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक' मञ्चका महासचिव खगेन्द्र माखि र लिम्बुवानका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ र महिला अध्यक्ष शान्ता योङहाङलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

यो मार्चपास आन्दोलनबारे संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रीय कार्य समितिका अध्यक्ष कुमार लिङ्देन 'मिराक' र उपत्यका समितिका अध्यक्ष शिवकुमार पाङ्गेनहाङ लिम्बूले हिजो बैशाख २२ गते भिन्दाभिन्दै प्रेस-विज्ञप्ति जाहेर गर्दै मार्चपासको सम्पूर्ण  तयारी कार्य पूरा भएको जनाउनु भएको छ । उक्त प्रेस-विज्ञप्तिमा संविधान सभामा प्रतिनिधित्व भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले विगत लामो सयमदेखि संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपालअर्न्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण¬-सङखुवा-सप्तकोशीपूर्वको ९ जिल्लाहरू सङखुवासभा, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पान्थर, ताप्लिजोङ र तेह्रथुमलाई लिम्बुवान स्वायत्त राज्य घोषणा गरियोस् भनी शान्तिपूर्ण तथा सशक्त आन्दोलन गर्दै आएको जनाइएको छ ।

 

 

यसैगरी, सोही प्रेस विज्ञप्तिमा लिम्बुवानको धरान, विर्तामोड, इटहरी, विराटनगरजस्ता शहरहरूमा लाखौं जनताको उपस्थितिमा विशाल लिम्बुवानी आमसभा र जोगवनी-विजयपुर, काँकडभिट्टा-दमक, चतरा-सङ्खुवाखोला दोभान(पाँचदिने) सम्मको लिम्बुवानी मार्चपास आन्दोलनहरू सफलतापूर्वक सम्पन्न गरिएको उल्लेख छ । प्रेस विज्ञप्तिमा थप भनिएको छ- ''एकातिर लिम्बुवानको आन्दोलन उचाइतिर पुगिरहेको छ भने अर्कोतिर एकात्मक सिंहदरवारभित्र लिम्बुवान हुन नदिने र लिम्बुवानको ऐतिहासिक भूमिलाई टुक्राउने षडयन्त्रहरू पनि भइरहेका छन् । यस परिषद लिम्बुवानको विरुद्धमा भइरहेको सबैखाले षडयन्त्रहरूको घोर विरोध र भर्त्सना गर्दछ । लिम्बुवानको शान्तिपूर्ण आन्दोलन र र्सार्थक मागलाई बेवास्ता गरियो भने नेपालको दीर्धकालीन हित हुने छैन । लिम्बुवान शान्तिपूर्ण आन्दोलनकै पक्षमा छ ।''

 

 

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)