हरि बहादुर सारुमगर
पाल्पा बैशाख २१ गते
मगरात स्वायत राज्यको निर्माण संगै संघिय राज्यको राजधानी पाल्पालाई बनाउनुपर्ने माग गर्दे नेपाल मगर संघ पाल्पाले दबावमूलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । नेपाल मगर संघको आयोजनामा भएको मगरहरुले भेलाले यही बैशाख २५ गते दबावमूलक ¥याली र २६ गते बिचार गोष्ठी गर्ने निर्णय गरेको छ । बिभिन्न जातिय संघ संस्था तथा अधिकारकर्मीहरुको सहभागीतामा दबाबमुलक कार्यक्रम गरिने बताईएको छ । आदिबासी जनजातिहरुले उठाएको मागलाई मुख्य राजनीतिक दलहरुले वेवास्ता गरेको आरोप लगाउँदै जनजातिहरुको अधिकारलाई सुनिश्चितताका लागि दबाव मूलक कार्यक्रम चलाउनका लागि संयुक्त सघर्ष समिति गठन गर्ने समेत बताईएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले मगरात जातिको नाम नभई पहिचान भएकाले संघियराज्यको नाम मगरात नै हुनुपर्नेमा जोड दिएका थिए । २५ गते तानसेनमा हुने दबाबमुलक कार्यक्रममा मगर संघका केन्द्रिय नेताहरुसमेत उपस्थित हुने मगर संघ पाल्पाले बताएको छ ।















