जनकपुरका विमलशरण दासको घटनास्थलमै मृत्यु भएको हो भने अस्पताल ल्याउँदै गर्दा मृत्यु हुनेहरुमा जनकपुरकी रञ्जु झा, झगरु मण्डल तथा सुरेश उपाध्याय रहेका छन् । घटनामा नाम नखुलेको अर्को एकजना महिलाको पनि मृत्यु भएको बताइएको छ । घाइते हुनेहरुमा मिथिला राज्य सङ्घर्ष समितिका संयोजक परमेश्वर कापड, नविन मिश्र, अशोक दत्त, मनमोहन साह लगायतका रहेका छन् । घाइतेहरुमध्ये केहीको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने ९ जना घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
मिथिला राज्यको माग गर्दै आन्दोलनरत मिथिला राज्य सङ्घर्ष समितिले आह्वान गरेको आन्दोलन चलिरहेको बेला बिहान १० बजेर ३ मिनेट जाँदा गराइएको बम विस्फोटलाई जनकपुरको इतिहासमा अहिलेसम्मकै ठूलो विस्फोट मानिएको छ । यता बम विस्फोटको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेको व्यक्तिको नाम खुलाइएको छैन । प्रत्यक्षदर्शीका अनुसार ज १ प ९३९५ को मोटरसाईकलमा बम रहेको थियो ।
यता मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र घटनामा संलग्न रहेको शङ्कमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको सङ्घर्ष समितिका एक सदस्यले जानकारी दिए । विस्फोटका कारण रामानन्द चोकमा व्यापक प्रहरीहरुको परिचालन गरिएको छ भने जनकपुर बजारलगायत कलकारखाना, यातायात सङ्घर्षले बन्दको आह्वान गरेका छन् । यता जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुुक्ति समूहले स्थानिय सन्चारकर्मीहरुलाई टेलिफोन गरि घटनाको जिम्मा लिएका छन् । यसैबीच बम विस्फोटको विभिन्न संघसस्थाहरुले भत्र्सना गरेका छन् ।



















